बतास समूहद्धारा पशुपति धर्मशालामा सञ्चालित आन्दन होटल हटाउन आनकानी

मुख्य खबर सोमवार चैत्र २१, २०७८

काठमाडौं । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको हो ।

अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले यस विषयमा सार्वजनिक सूचना जारी गरेको छ। परिषद्ले श्री होटल आनन्द प्रालि सो प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालेको हो।

पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सम्झौताबमोजिमका सर्त पालना नगरेको भन्दै होटल सञ्चालनका लागि गरिएको करार सम्झौता रद्द गरेको हो।

Leave a Comment