काठमाडौं । काठमाडौँको वसन्तपुर दरवार स्क्वायरमा रहेको काष्ठमण्डपको आज लोकार्पण हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमका बीच काष्ठमण्डपको लोकार्पण गर्नुहुने कार्यक्रम रहेको छ ।
काठमाडौं महानगगरपालिका वडा नम्बर २० ले भने लोकार्पण कार्यक्रम रोक्न माग गरेको छ ।काठमाडौं महानगरपालिका, काष्ठमण्डप पुननिर्माण समिति, राष्ट्रपतिको कार्यालय, पुरातत्व विभाग लगायतलाई पत्राचार गर्दै वडाध्यक्ष राजेश मानन्धरले मूर्तिबारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा लोकार्पण गर्न नहुने बताउनुभयो ।
सर्वोच्च अदातलले मूर्ति हटाउने कार्य नगरी यथास्थितिमा राख्न आदेश दिएको अवस्थामा लोकार्पण गर्न नहुने वडा कार्यालयले बताएको छ ।