लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढ्यो

मुख्य खबर आइतवार चैत्र २०, २०७८

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै लामो रुटका यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागले जनाएको छ।

हेर्नुहोस् भाडादर

https://drive.google.com/file/d/1ALW28ZrlUyXchE5jA_43aeFnO2yLjBOd/view

Leave a Comment