दिल्ली स्थिती नेपाली दूतावासले चुच्चे नक्सा हटाएकोमा ओलीको आपत्ती

मुख्य खबर आइतवार चैत्र २०, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्ली स्थित नेपाली दूतावासले चुच्चे नक्सा हटाएको भन्दै आपत्ती जनाउनु भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाको दिल्ली भ्रमणबारेको औचित्य माथि प्रश्न उठाउँदै ओलीले दिल्ली स्थित दूतावासमा नेपाली झण्डा चुच्चे नै बुच्चे राखेको भन्दै आपत्री जनाउनु भयो ।

वर्तमान सरकारले पटक पटक गल्ती गरेको बताउँदै अध्यक्ष ओलीले भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो भन्दै प्रश्न गर्नु भएको छ । ओलीले भन्नुभयो, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?

ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गरेका छन् । ‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ? के–का लागि जान लाग्नु भएको हो ? भन्दै प्रश्न गर्नु भएको हो ।

Leave a Comment