गठबन्धनको चुनावी तालमेल देखेर जनविरोधीहरूको मुख चाउरिएको छ- नेपाल

मुख्य खबर आइतवार चैत्र २०, २०७८

काठमाडौं । नेकपा (एकिकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलहरुको चुनावी तालमेल देखेर जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताउनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तर्फ इंगित गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरुको जनविरोधी शक्तिहरू छट्पटाउन थालेको बताउनु भएको हो ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ,’ भने, ‘यसले जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।’

 

‘अब उनीहरूको काम बर्बराउने हो उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं । अब हात्ती हिँड्दै गर्छ । अरु कल्ले भुक्ने हो, भुक्ने काम जति भुक्छ चिन्ता नगर्नुस्,’ उहाँले भन्नुभयो ।

 

Leave a Comment