काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा निर्माण हुनुपर्ने १५ वटा पुलमध्ये दुईटा पुलको काम आठ महिना बाँकी हुँदा पनि शुरू भएको छैन । दुई वर्षअघि यस सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
आउँदो मङ्सिर महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि मुग्लिन नजिकको खहरे खोला र तुइन खोलाको पुलको निर्माण कार्य नै शुरू नभएको नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।
खहरे खोलामा निर्माण हुने पुलको नजिकै रहेको बस्ती हटाउन क्षतिपूर्ति रकम अभावका कारण काम गर्न नसकिएको आयोजना प्रमुख कार्की बताउँछन् ।