बार एशोसिएशनको निर्वाचनमा ७० प्रतिशत मत खस्यो

मुख्य खबर आइतवार चैत्र २०, २०७८

काठमाडौं । नेपाल बार एसोसिएशनको हिजो भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको जनाइएको छ । २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन हिजो भएको मतदानमा करीब ७० प्रतिशत मत खसेमो निर्वाचन अधिकृत सानु भाई शाक्यले जनाकारी दिनुभयो ।

उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । आज र भोली देशभरका मतदान स्थलबाट मतपेटिका संकलन गरिने र पर्सि मैगलबारबाट मतगणनाको तयारी गरिएको शाक्यले बताउनुभयो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ ।

Leave a Comment