प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

मुख्य खबर आइतवार चैत्र २०, २०७८

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ । बनारसबाट चार बजे नयाँदिल्ली पुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका लागि ५० सदस्यीय टोलीसहित गत शुक्रबार दिल्ली पग्नुभएका प्रधानमन्त्री देउवाले हिजो समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई प्रस्ताव गर्नु भएको थियो ।

देउवाले त्यहाँ रहँदा पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ भारतीय जनता पार्टी भाजपाको मुख्यालय पुगेका थिए। शुक्रबार राति भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। हिजो नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

यस्तै जनकपुर–जयनगर रेल सेवाको पनि उद्घाटन देउवा मोदीले गरेका थिए। यसै गरी सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन भएको थिए। हिजो नै देउवाले भारतीय व्यापारीसँग छलफल गरेका थिए।

Leave a Comment