पेट्रोलियम व्यवसायीहरुको आन्दोलनमा कारण इन्धन बिक्रि वितरणमा अवरोध

मुख्य खबर शुक्रबार चैत्र १८, २०७८

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोड,अनलोड ठप्प पारेको छ । करिब दुई सातादेखि आन्दोलनरत समितिले लोड अनलोडमा अवरोध पारेको हो ।

इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोडरअनलोड नै बन्द गरे । जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।

व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । ‘जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेका थियौं । पटकरपटक व्यवसायीले एकतर्फी आन्दोलन गरिरहेका छन्’ निगमका प्रबक्ता बिनितमणि उपाध्यायले भने, ‘शुक्रबार नै बिक्री प्रभावित बनेको छ ।

दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् । केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेको उपाध्यायले बताए ।

 

Leave a Comment