पार्टीको निर्णय नमान्नेले पार्टी छोडेर जाँदा हुन्छ-नेता सिंह

मुख्य खबर शुक्रबार चैत्र १८, २०७८

काठमाडौं । नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताउनु भयको छ । यदि पार्टी निर्णय नमाने हरु पार्टी छोडेर जादा हुने बताउनु भयको छ ।

कांग्रेस भित्र बसेर कांग्रेस कम्जोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदा पार्टीलाईराम्रो हुने बताउनु भएको छ । यसपटक चुनावमा कांग्रेसका नेता कार्यकर्ता कसले के गरेको छ सबै को एक एक हिसाब हुने बताउनु भएको छ ।

गठबन्धन जन्ताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवस्यकता भएको बताउनु भएको छ । संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानू पर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्म गठबन्धन कायमै रहने समेत बताउनु भयको छ । स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचन मा जाने समेत बताउनु भएको छ । पार्टी भित्रका केहि आफुलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धन बिरुद बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको भन्दै पपुलर बन्ने नाममा पार्टीलाई क्षेति पुराउने काम मात्रै भएको बताउनु भएको छ ।

पार्टी भित्र एकथरि समुह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभय पछि ब्यक्ति रुपमा चरित्रहत्याको अभियान मा लागिरहेको बताउनु भयकोछ उक्त समूह सामाजिक संनजाल र मिडिया मार्फत भ्रम को खेति मा लागिरहेको समेत बताउनु भएको छ ।

कम्युनिष्टहरु भर्पर्दो र विश्वास गर्न लायकका पार्टी नभएको बताउनु भएको छ । मुलुका भ्रम छरेर जनतलाई पटक पटक अल्मलाउने काम मात्रै भएकाले यिनले अवसर पाउँदा के गरे यसका बारे जनतालाई बुझाउन समेत कार्यकर्ता लाई निर्देशन दिनु भएको छ । भरपर्दो र विश्वसनियता भएको पार्टी कांग्रेस बाहेक अरु हैन भन्ने पटक पटक का घटनाक्रम ले पुस्ठि गरिसकेको समेत बताउनु भएको छ । कांग्रेस सबैलाई समन्वय गर्ने सक्ने संकटमा निकास दिन सक्ने पार्टी भएको कुरा भरखरै पास गराउने देखि संविधान जारि गर्दाको मात्रै कुरा गरे पनि पुस्ठि हुने बताउनु भएको छ ।

स्थानीय कमिटि ले बिधिसम्वत उमेद्धवारि सिफारि गर्न नसकेर केन्द्र पठायर केन्द्रीय नेतादहरुलाई गालि गर्ने परम्परा यस पटक अन्त्य हुनु पर्ने बताउनु भएको छ । पार्टी बिधानले दिएको अधिकार स्थानीय कमिटीले अक्षरश पाल्ना गर्न सके उमेद्धारि छनोटमा कसैको हस्तक्षेप नहुने बताउनु भएको छ ।अब जनताको कर बैकमा फिक्स डिपोजिट गर्ने र कमिसन मा रमाउने उमेदवार छान्ने कि ब्यवसिथ्त शहर बनाउने जनप्रतिनिधि छान्ने भन्ने निर्णय लिने समय आएको बताउनु भएको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यीय मोहन बहादुर बस्नेतले यस पटक देश भर कांग्रेसको लहर आएको भन्दै सबैले मेहनत गर्ने बेला आएको बताउनु भएकोछ । त्यस्तै काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले भ्रम को पछि नलागि घर घरमा पुगेर कांग्रेस का पकक्षमा मत माग्न आग्रह गर्नु भएको छ ।

Leave a Comment