काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ। एनसेलको सहकार्यमा उद्योग वाणिज्य महासंघले महोत्सव गर्न लागेको हो ।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ नारासहित काठमाडौंको दरबारमार्गमा १५ औं दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोडको पहलमा वैशाख ३ गते शनिबार महोत्सव हुन लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा व्रुअरी रहेको छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।