काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा करिब १० देखि १४ प्रतिशत भाडा समायोन गर्ने निर्णय भएको यातायात विभागले जनाएको छ ।
एक प्रदेशबाट अर्को प्रदेशका सञ्चालन हुने सार्वजनिक यात्रु तथा ढुवानी गर्ने सवारी साधनमा करिब १० देखि १४ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । आउदो आइतबार विभागले रुट अनुसार समायोजन भएको भाडाको सूची सार्वजनिक गर्ने महानिर्देशक घिमिरेले बताउनुभयो ।
त्यसपछि बढेको भाडा कार्यान्वयनमा आउने विभागले जनाएको छ । छोटो दूरीको भाडा भने प्रदेश सरकार मातहत भएकाले तत्काल स्थानीय सरकारले केही निर्णय गरेका छैन ।