काठमाडौं। स्थानीय तहको निर्वाचन स्थलमा सीसी क्यामेरा जडान गरिने भएको छ । निर्वाचन आयाोगले विहिबार पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जनाएको हो ।
सीसीटीभी स्थानीय तहले राख्ने र निर्वाचन आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ । छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ ।