अहिलेको सरकारको काम गर्ने ढंग र क्षमता दुबै छैन- ओली

मुख्य खबर बिहिबार चैत्र १७, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा काम गर्ने ढंग नभएको बताउन् भएको छ । विहिबार जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाउनु भएको छ ।

‘मेरो सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गर्यो तर अहिलेको सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भयो,’ उहाँले भन्नु भयो, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ ।

चुनावपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

Leave a Comment