टिप्परको ठक्करबाट विद्यालय जाँदै गरेका दिदि बहिनीको मृत्यु

मुख्य खबर बुधबार चैत्र १६, २०७८

काठमाडौँ । टिप्परको ठक्करबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा विदेयालय जाँदै गरेका दिदि बहिनीको मृत्यु भएको छ । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ । दुर्घटनापछि टिपर चालक फरार भएका छन् । अहिले स्थानीय बासिन्दाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भीड बढ्दै गएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

Leave a Comment