काठमाडौं । निर्वाचन आचारसंहिता चैत्र २५ गतेदेखि लागू हुने भएको छ । यसअघि आजबाट लागू हुने भनिएपनि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियाका कारण आचारसंहिता कार्यान्वयनको समय केही दिन पर धकलिएको निर्वाचन आयोगले जनाएको छ ।
आचारसंहिता उल्लंघनका घटनाको उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिला भएकोे निर्वाचन आयोग स्रोतको भनाइ छ ।
आचारसंहिता माथि छलफल गर्न यही २२ गते सर्वदलीय वैठक बोलाएको आयोग स्रोतले जनाएको छ । उक्त बैठकमा आउने सुझावपछि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।