काठमाडौं विश्वकै एक नम्बर प्रदुषित सहर

मुख्य खबर मङ्लबार चैत्र १५, २०७८

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेको छ । हिजो साँझसम्म काठमाडौंको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा काठमाडौं देखिएको हो ।

आज पनि काठमाण्डौको आकाश धुम्मिएको छ । जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ । तुवालोले धुम्म भएसँगै अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । यस्तो बेला सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।

काठमाण्डौमा हरेका वर्ष वायु प्रदुषणको समस्या हुदै आइरहेको छ । यसकालागि वाताबरण विभागले के गरिरहेको छ हामीले वातावरण विभागका सुचना अधिकारी सरोजा अधिकारीलाई सोधेका छौँ ।

वनजंगलमा लाग्ने डढेलो, कृषकले खेतीबारीमा जलाउने कसिङ्गर, धुलोधुवाँ र पश्चिमी तथा पूर्विय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको विज्ञहरुले बताएका छन् । आज काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ । हिजो दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो ।

सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

Leave a Comment