काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरिएको छ । सत्ता गठबन्धन दल नेकपा माओवादीबाट अर्थमन्त्री बनेका शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरिएको हो ।
आइतबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका गर्नु भएको हो ।
बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाई, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताउनु भएको हो ।