चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

मुख्य खबर आइतवार चैत्र १३, २०७८

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनुभएको छ ।तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आइतबार स्वदेश फर्किनु भएको हो ।

गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नु भएको थियो । साथै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उहाले भेटवार्ता गरेका गर्नु भएको थियो । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गर्नुभयो ।

Leave a Comment