काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।