चिनियाँ विदेशमन्त्रीलाई मेरियट होटलमै गएर भेटे प्रचण्डले

मुख्य खबर आइतवार चैत्र १३, २०७८

काठमाडौं । नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नु भएको छ । नेपालको भ्रमणमा रहनु भएका विदेशमन्त्री वाङ यीलाई भेट्न अध्यक्ष प्रचण्ड टोली नक्सालस्थित मेरियट होटलमा पुग्नु भएको थियो।

भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागीता रहेको थियो । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो ।

वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको थियो । उहाँ आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ । विदेशमन्त्री वाङ यी आजै स्वदेश प्रस्तान गर्दे हुनुहुन्छ ।

Leave a Comment