काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आइतबार नेपालको तीनदिने भ्रमणमा रहेका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका गर्नु भएको हो ।
त्यस्तै मन्त्री वाङले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नु भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुग्नु भएको हो । त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।