कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

मुख्य खबर आइतवार चैत्र १३, २०७८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने जनाइएको छ । आजको बैठकमा पनि केन्द्रयि सदस्यहरुले धारणा राख्ने जनाइएको छ ।

बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा सदूयहरुले धारणा राखिरहेका छन् । बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो ।

बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए । अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए ।

Leave a Comment