काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सिंगो राष्ट्रको जिम्मेवारी रहेको बताउनुभएको छ । शुक्रबार भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले आफू माथि सिंगो राष्ट्रको जिम्मेवारी रहेको बताउनु भएको हो ।
देशलाई संकट परेको अवस्थामा आफू नै सक्रिय हुनुपर्ने भएकाले यस्तो महसुस भएको उहाँले बताउनु भयो । ‘दुई पटक प्रधानमन्त्री र अहिले नेकपा माओवादी केन्द्रको अध्यक्ष भए पनि सिंगो राष्ट्रको जिम्मेवारी आफूमा रहेको हो की भन्ने लागेको उहाँले बताउनु भएको छ ।
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई गति दिन र सही ट्र्याकमा हिँडाउन आफूनै चाहिने दाबी गर्नुभयो ।
९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा निर्माण हुने भवनको शिलान्यास गर्दै दाहालले भरतपुरको विकास देखेर विदेशी समेत अचम्मित बनेको बताउनुभयो ।
मेयरको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरूबारे खुलेर प्रशंसा गर्न उहाँको आग्रह थियो । भरतपुरमा धेरै विकास भएको भन्दै अब आउने नेतृत्व अझ बढी कार्य गर्न सक्ने आउनसक्नुपर्ने बताउँदै गठन्धन अपरिहार्य भएको बताउनुभयो ।