हुम्ला । औषधि खरिदमा आर्थिक अनियमितता गरेको भन्दै वडा अध्यक्ष र स्वास्थ्य संयोजक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतसहितको मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको फेला पारेको हो ।