चिनियाँ विदेश मन्त्री वाङ आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय शुक्रबार चैत्र ११, २०७८

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी तिनदिने नेपाल भ्रमणमा आज काठमाडौँ आउनुहुने भएको छ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आउन लाग्नुभएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

वाङले भोली परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । नेपाल बसाइमा चिनियाँ विदेशमन्त्रीले प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पारित गरेपछि चीनका तर्फबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा घाँस निर्यात सम्बन्धी सम्झौता हुने तयारी भएको छ । विदेशमन्त्री यीको भ्रमणका क्रममा १ दर्जनभन्दा धेरै विषयमा सम्झौता गर्ने तयारी भएको मध्ये एउटा घाँस निर्यातको पनि रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताउनुभयो । घाँस निर्यात गर्ने सम्झौतापछि प्रशोधित घाँस हेलेज चिनमा निर्यात गर्न बाटो खुल्नेछ, तर नेपालमा घाँस उत्पादनमा चिनिया व्यापारी नै संलग्न छन् ।

विशेषगरी चाइनाको तिब्बतमा घाँस उत्पादन कम भएपछि नेपालबाट घाँस लैजान चीनले प्रस्ताव गरेको थियो । लगतै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ मा तीन वर्षअघि चिनियाँ व्यवसायीसमेतको लगानीमा स्थापित उद्योगबाट घाँस उत्पादन भइरहेको छ ।

Leave a Comment