काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा रहेको राजनीतिक दलका नेता कार्यकर्ता उम्मेद्धार छनोटतिर लागेका छन् । काग्रेंस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले उम्मेद्धार छान्ने कमीटी र मापदण्ड तयार पारेका छन् ।
नेपाली कागंस्रेले वडाध्यक्ष र सदस्यको लागि प्रतिनिधिसभा संसदीय समिति,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिल्ला संसदिय समिति,नगर, महानर प्रमुख उपप्रमुख प्रदेस संसदिय समिति र महानगर प्रमुख उपप्रमुखकको लागि केन्द्रिय संसदिय समितिलाई जिम्मा दिएको छ ।
यस्तै नेकपा एमालेले गाउँ, नगर वडाअध्यक्ष र सदस्य जिल्ला कमिटि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष रनगरप्रमुख, उपप्रमुखको लागि प्रदेश कमिटी र महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखकका लागि केन्द्रीय कमिटिलाई उम्मेद्धार छनोटको जिम्मा दिएको छ । यस्तै माओबादी केन्द्रले गाउँ, नगर वडाअध्यक्ष र सदस्य पालिका कमिटी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष रनगरप्रमुख, उपप्रमुखको लागि प्रदेश कमिटी महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखकका लागि केन्द्रीय कमिटिलाई उम्मेद्धार छनोटको जिम्मा दिएको छ ।
स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्ने विषयमा नेपाली काग्रेस भित्र भने मतभेद देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि तालमेल गरेर जित्नुपर्ने पक्षमा हुनुहुन्छ भने, शेखर कोइराला पक्ष कांग्रेस आफैमा ठुलो पार्टी भएकाले एक्लै लड्नुपर्ने बताउँदै आएका छन् । चुनावको बेला पार्टी एक भएर अघिबढ्नुपर्ने बेला पार्टीभित्र नै दुईधार किन बढ्दै छ हामीले काग्रेस नेता गुरुराज घिमिरेलाई सोधेका छौँ ।