काठमाडौं । नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका उम्मेद्वारको टुंगो चैत मसान्त भित्र लगाइसक्ने भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उम्मेद्वारहरुको सिफारिस गर्ने अधिकार भएका कमिटीले सर्वसम्मत नभएको अवस्थामा सम्भावित तीन जनाको नाम पठाउनु पर्नेछ। तीन जनाको नाम पठाउँदा एकजना महिला अनिवार्य गरिएको छ।
बुधबार केन्द्रीय कमिटीको बैठकपछि एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिमालले भन्नु भएको छ ,चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ। सिफारिस गर्दा एकजना महिला अनिवार्य भनिएको छ।
त्यसैगरि नेकपा एमालेले केन्द्रीय तहका नेताहरुलाई गाउँ केन्द्रीत हुन समेत निर्देशन गरेको छ।