चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन हुन्छ- प्रचण्ड

Uncategorized बिहिबार चैत्र १०, २०७८

काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धन सहित निर्वाचनमा होमिने बताउनु भएको छ ।

गृहजिल्ला चितवन पुग्नु भएका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभएको हो ।

कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदारहरु एक भएरै चुनावमा जाने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने भन्दै रेनु दाहाललाई मेयरमा दोहोर्याउने तयारी गरेको छ ।

Leave a Comment