काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर हिजो दुई सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो ।
शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल काठमाण्डौ पठाइने गौतमले बताउनुभयो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।
बाँकी आठ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । ६ महिनाअघि नै आउनुपर्ने मल बल्ल भित्रिन थालेको छ ।