त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

मुख्य खबर बिहिबार चैत्र १०, २०७८

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएको छ । जसका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने र उडानहरू निर्धारित समयभन्दा ढिलो हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यायले सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने जानकारी दिएको छ ।

Leave a Comment