सेभ द चिल्ड्रेनद्वारा खोप लिने र खोप प्रतिको विश्वास वृद्धि गर्न सघाउने खोप पुस्तिकाको विमोचन

मुख्य खबर बुधबार चैत्र ९, २०७८

काठमाडौं । नेपालमा खोप लिने र खोप प्रतिको विश्वास वृद्धि गर्न सघाउने  काेभिड- १९ खोप  कार्यक्रम सहयाेगी पुस्तिकाको विमोचन गरिएको छ । बुधबारः सेभ द चिल्ड्रेनले बुसारा सेन्टर फर विहेभिअरल इकोनोमिक्स र कमन थ्रेडसँगको सहकार्यमा नेपाल खोप पुस्तिकाको विमोचन गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ लगायतका अन्य खोपहरु लिन नमान्ने व्यक्ति र बालबालिकाहरुलाई बहुपयोगि हुने खोप पुस्तिका विमोचन गरिएको हो । उक्त खोप पुस्तिकाले नेपालमा खोप लिने दर कम हुनुका ६ प्रमुख कारण तथा खोप लिने दर वृद्धि गर्ने सान्दर्भिक र व्यवहारिक उपायहरू प्रस्तुत गरेको छ । युवा, अभिभावक तथा स्वास्थ्य कार्यकर्ताहरूमा खोपप्रतिको विश्वास बढाउँदै खोप लिने दर वृद्धि गर्ने यस पुस्तिकाको लक्ष रहेको सेभ द चिल्ड्रेन नेपालका सञ्चार प्रबन्धक सञ्जना श्रेष्ठले जानकारी दिनु भयो ।

पुस्तिका बारे सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेल भन्नुहुन्छ, “यस खोप पुस्तिकामा उल्लेख भएका व्यवहार परिवर्तनका कार्यहरू आवश्यकतामा आधारित, प्रमाणमा निहित तथा सामाजिक मान्यताका सिद्धान्तद्वारा निर्देशित छन् जसको माध्यमबाट नेपालमा खोपप्रतिको विश्वास बढाउँदै खोप लिने दर वृद्धि गर्नु हाम्रो उद्देश्य हो ।”

मधेश प्रदेशमा (तत्कालिन प्रदेश नं.२) गरिएको सर्वेक्षणमा पुस्तिका भित्र समावेश गरिएका अन्तर्दृष्टिहरू आधारित रहेका छन् भने यो पुस्तिका सामाजिक व्यवहार परिवर्तन सम्बन्धी काम गर्ने व्यक्ति, विकास संस्था, स्थानीय सरकारका कर्मचारी, स्वास्थ्य कार्यकर्ता तथा मिडियाका लागि सहयोगी रहेको जनाइएको छ । यो पुस्तिकालाई नेपालमा कोभिड–१९ को खोप कार्यक्रम सञ्चालनमा कार्यरत सबै सरोकार वालाले प्रयोग गर्न सक्ने भएका छन् ।

 

खोप लिन कम हुनका ६ वटा प्रमुख व्यवहारमूलक अवरोधहरूको सम्बोधन गर्नुका नेपालमा सबैका लागि पूर्ण खोप लगाउने मार्गमा डोर्याउने समेत प्रयास पुस्तकमा गरिएको छ । खोपको असर वा साइड इफेक्टबारे चिन्तित तथा खोपको सुरक्षा तथा प्रभाव क्षमताको बारेमा प्रष्ट नभएका व्यक्ति अथवा खोप लगाउनु अघि साथी, छिमेकी वा परिवारका सदस्यहरूको सल्लाह चाहने व्यक्तिहरूलाई खोप लगाउन प्रेरित गर्न यस पुस्तिकामा उल्लेखित चुनौती तथा समाधानका उपायहरूले सहयोग गर्ने लक्ष समेत पुस्तकले बोकेको छ ।

“यस पुस्तिकामा रहेका उपायहरू खोपको माग बढाउने, खोप लगाउने मनसायलाई पूर्णता दिर्ने र खोपहरू एवम् तिनीहरूको सुरक्षा तथा प्रभाव क्षमतामा विश्वास स्थापना गर्ने कुराहरूमा केन्द्रित छन्,” सेन्टर फर युटिलाइजिङ विहेभिअर ल इन्साइट्स फर चिल्ड्रेन (ऋग्द्यक्ष्ऋ) की निर्देशक एलिसन जेल्कोवित्जÞले भन्नुभयो । दुबै नेपाली तथा अंग्रेजी भाषामा उपलब्ध रहेको यो खोप पुस्तिका सेभ द चिल्ड्रेनको वेबसाइट ९लभउब।िकबखभतजभअजष्मिचभल।लभत० बाट डाउनलोड गर्न सकिन्छ ।

सेभ द चिल्ड्रेनले के गर्छ ?
सेभ द चिल्ड्रेन प्रत्येक बालबालिकाको सुन्दर भविष्यमा विश्वास गर्छ । हरेक दिन हामी नेपाल र संसारभरका बालबालिकालाई जीवनको स्वस्थ्य सुरुवात गर्न, सिक्न र हिंसाबाट सुरक्षित राख्न अहोरात्र खटिरहेको एक अन्ताष्टिय संस्था हो । हरेक दिन र हरेक विपद्को समयमा बालबालिकाको आवश्यकताका लागि काम गरिरहेको उक्त संस्था बालबालिकाको जीवन र भविष्यमा सुन्दर परिवर्तन ल्याउने अभिप्रेरित गर्दै आएको छ ।

मुलुकभर लागू भएको सेभ द चिल्ड्रेनले खोप सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्न तथा खोप ग्रहण दर बढाउन नेपाल सरकारसँग मिलेर विभिन्न खाले कार्यक्रमहरू गर्दै आइरहेको छ । साथै सेभ द चिल्ड्रेनले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लालाई लक्षित गर्दै रेडियो कार्यक्रम खेलौं दोहोरि मार्फत खोपका बारेमा जनचेतना फैलाउँदै आएको छ ।

 

Leave a Comment