नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मूख्य शक्ति हौं-ओली

मुख्य खबर बुधबार चैत्र ९, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रीक आन्दोलनमा नेकपा एमाले मुख्य शक्ति भएको जिकिर गर्नु भएको छ । बुधबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नु भयो, नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मूख्य शक्ति हौं, मूलधार हौं । लोकतन्त्रिक आन्दोलनको मूलधार हामीसँग छ । यो अभिभारा हामीसँग छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताउनु भएको छ । स्थानीय तह विकासका लागि महत्वपूर्ण रहेको ओलीको भनाइ थियो ।

केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू हुन्,ु उहाँ भन्नुभयो, स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।

Leave a Comment