रुससँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न इसाई धर्म गुरुलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

अन्तर्राष्ट्रिय बुधबार चैत्र ९, २०७८

एजेन्सी । भोलिदिमीर जेलेन्स्कीले इसाई धर्म गुरुलाई रुससँगको शान्ति वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ । भर्चुअल सम्बोधन गदै राष्ट्रपति जेलेन्स्कीले रुसले जारी राखेको युद्ध अपराध रोक्नका लागि पोप फ्रान्सिसलाई मध्यस्थकर्ताको भूमिका निभाउन आग्रह गर्नुभएको हो ।

रुसको कब्जामा गएको मोरिउपोल शहरमा १ लाख मानिस अमानवीय अवस्थामा फसिरहेको भन्दै राष्ट्रपति जेलेन्सीकले रुसले युद्ध अपराध गरेको आरोप पुन दोहोर्याउनु भएको छ । रुसी सेनाले चारैतिरबाट घेरा हालेको उक्त शहरका जनता खाद्यान्न र पानीको अभावमा कयौं दिनदेखि भोकै रहेको भन्दै उहाँले उनीहरुलाइ मुक्त गर्न मानविय करिडोर आवश्यक भएको बताउनुभएको छ ।

पछिल्लो समय रुसी सेनाले सो शहरमा गरेको मिसाइल हमलामा १० वटा अस्पतालहरु ध्वस्त भएका छन् । मारिउपोल नजिनको आजोभ सागर नजिकबाट लगातार गरेको प्रहारमा कर्यौ युक्रेनी नागरिक घाइते भएका छन् । तर उपचार सम्भव नभएका कारण घाइतेहरु छटपटाईरहेको पनि बताइएको छ । युक्रेनले रुसी सेनाको प्रतिकार भने जारी नै राखेको छ ।

Leave a Comment