मधेस प्रदेशको प्रदेशसभा बैैठक स्थगित

प्रदेश २ बुधबार चैत्र ९, २०७८

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणबस स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले निकालेको सूचनामा उल्लेख छ । योसहित प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गएको फागुन २२ गतेका लागि बोलाइएको बैठक आज दिउँसो एक बजेसम्मका लागि स्थगन गरिएको थियो । त्यस्तै फागुन १ गते र १० गते पनि बैठक स्थगित भएको थियो ।

Leave a Comment