स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक सुरु

मुख्य खबर बुधबार चैत्र ९, २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचन लगाएतका बिषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठकमा सुरु भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने तामाङले बताउनुभयो ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

Leave a Comment