निर्वाचन आचारसंहिताबारे कार्यान्वयनबारे आजदेखि सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

मुख्य खबर बुधबार चैत्र ९, २०७८

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ । नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल एफ एम नेटवर्कलाई जानकारी दिनुभयो ।

पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ । यस पछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने उहाँको भनाई छ ।

स्थानीय तहको चुनाव नजिकिएसंगै दलहरु चुनावी अभियानमा जुटेका छन् । निर्वाचनमा बिजयी बन्ने रणनीति बनाउन दलहरु ब्यस्थ छन् । सत्ता गठबन्धनभित्र भुनावी तालमेल बारे छलफल भइरहेको छ । दलका शीर्ष नेताहरु ले औपचारीक तथा अनौपचारीक छलफललाइृ तिब्रता दिएका छन् ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधानमन्त्री एंव कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । तर, देउवाले भने पार्टी भित्र दुई धार रहेकाले केही समय पर्खिन आग्रह गर्नु भएको छ ।

यता प्रतिपक्षमा रहेको एमाले पनि गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष ओलीले सत्ता इतरको गठबन्धन बनाउन पहल गरिरहनुभएको बताइएको छ । ओलीले लोकतान्त्रीक समाजवादी पार्टि लोसपा , विप्लव नेतृत्वको कम्युनिष्टपार्टी , लगाएतसंग संवाद थाल्नुभएको बताइएको छ ।

Leave a Comment