जनप्रतिनिधिहरुले उम्मेद्वार बन्न राजीनामा दिनु पर्ने प्रावधान कार्यान्वयन नगर्नु- सर्वोच्च अदालत

मुख्य खबर मङ्लबार चैत्र ८, २०७८

काठमाडौँ । सर्वाेच्च अदालतले जन प्रतिनिधिहरुलाई उम्मेद्वार बन्नु पहिले नै राजीनामा नदिन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार बन्नुभन्दा पहिले नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचारसंहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ ।

आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Comment