देउवा,प्रचण्ड र नेपालबीच स्थानीय निर्वाचनमा बारे त्रिपक्षीय छलफल

मुख्य खबर मङ्लबार चैत्र ८, २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो गर्नुपर्ने बताएको तर प्रधानमन्त्री देउवाले भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट के गर्ने भन्नेबारे निर्णय गराउने भन्दै आश्वासन दिनु भएको छ ।

स्थानीय तहसम्म तालमेलका लागि संयन्त्र बनाउनेबारे छलफल भएको हो । स्थानीय तहको निर्वाचनको आचारसंहिता समय लागू नहुँदै विभिन्न सरकारी नियुक्ति र राजदूत नियुक्तिका विषयमा पनि शीर्ष नेताबीच छलफल भएको स्रोतको दाबी छ ।

कांग्रेस भित्र भने निर्वाचनमा गठबन्धन गर्न नहुने र गर्नु पर्ने भन्दै फरक फरक धारणा आइरहेका छन ।

Leave a Comment