काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रभण्डले केही दिनमा नै मन्त्रिपरिषद्मा हेरफेर हुने तयारी भइरहेको बताउनु भएको छ । मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरषद्मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनु भएको हो ।
मधेस प्रदेशमा मंगलबार आयोजना हुने पार्टी कार्यक्रमको प्रशिक्षणमा सहभागी हुन जनकपुर पुग्नु भएको अध्यक्ष प्रचण्डले भन्नु भयो, मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।
मन्त्रिपरिषद्मा हेरफेर हुँदा पार्टीलाई हैसियत अनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए । उहाँले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए । हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु, उनले भने, ुविगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो ।ु
गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताउँदै उहाँले मन्त्रिपरिषद्मा हेरफपेर हुने स्थिति आयो भने हैसियत अनुसार मन्त्रालय चाहिन्छ भनेर भनेको समेत दाबी गर्नुभयो ।