बर्दियामा पाटे बाघ मृत फेला

समाज मङ्लबार चैत्र ८, २०७८

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार हिजो बेलुका बाघ मृत फेला परेको हो ।

कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

Leave a Comment