प्रधानमन्त्री देउवा पाँचौं बिम्स्टेक राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन श्रीलङ्का जाने

मुख्य खबर मङ्लबार चैत्र ८, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा हुने पाँचौं बिम्स्टेक सदस्यराष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने हुनु भएको छ । यही चैत १६ गते हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सहभागिता जनाउनेसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्रीले र बिम्स्टेक सचिवस्तरीय बैठकमा परराष्ट्रसचिवले भाग लिने जनाइएको छ । बैठकले पाँचौँ बिम्स्टेक शिखर सम्मेलनमा बिम्स्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

Leave a Comment