काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले राजीनामा दिन थालेका हुन् ।
राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक रामराज खकुरेलले पछिल्लो समय राजीनामा दिने शिक्षकको संख्या ह्वात्तै बढ्न थालेको बताउनुभयो । गत वर्ष अधिकांशले उमेर हद नाघेकाले मात्र राजीनामा दिएको किताबखानाको भनाइ छ ।
चालु आर्थिक वर्षमा १ हजार ३ सय ४० जना शिक्षकले सेवा निवृत्त सुविधा माग गर्दै राजीनामा दिएका छन् । पदमा बसेका र केहीले स्थानीय, संघ वा प्रदेशको निर्वाचनमा उम्मेद्वारी दिन राजीनामा दिएको पाइएको छ ।