लेटाङमा भएकाे महिला प्रहरीका हत्यारालाई काबाही गर्छाैं- देउवा

मुख्य खबर सोमवार चैत्र ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक महिला प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उद्घोष गर्नु भएको छ । सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले उक्त घटनाका दोषीलाई कार्बाही गर्ने बताउनु भएको हो ।

आइतबार एक महिला प्रहरीको ज्यान जानेगरी मोरङमा भएको झडपपछि त्यो क्षेत्रमा कफ्र्यू लगाइएको छ । प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको छ । पाँच जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनु भयो।

होलीका दिन होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको घटना सार्वजनिक भएकाे थियाे । उक्त विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

Leave a Comment