नेताहरुका चुनावी एजेण्डाहरु के-कस्तो हुनुपर्दछ ?

विचार सोमवार चैत्र ७, २०७८

– विक्रम सिंह धामी- विद्यार्थी
जनप्रशासन क्याम्पस बल्खु, काठमाण्डौं

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आ-आफ्नो पक्षमा मत पार्न यतिबेला नेताकार्यकर्ता चुनावी दौडधुपमा लागेका छन् । ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीकेन्द्रदेखि सानादलका नेताहरू चुनावकेन्द्रित अभियानमा खटेका छन । शीर्ष नेताहरू एकै दिन दुई–तीनवटा जिल्ला पुग्नेदेखि चार–पाँचवटासम्म कार्यक्रममा सहभागी हुन थालेका छन । चुनाव आउन ५३ दिन बाँकी हुँदा दलहरू चुनावकेन्द्रित अभियानमा छन । चुनावी मेसोमा नेताहरूबीच आरोप–प्रत्यारोप र घोचपेच पनि तात्दै छ ।

चुनाव नजिकिदै जाँदा राजनीतिक दलका नेताहरुको भने एक-अर्का पार्टीका नेताहरुलाई आक्षेप लगाउने खालको दोहोरी समाजिक संजालमा चलिराखेकेको  छ । र, यो देशमा कहिले सम्म एक-अर्कालाई दोषारोपण गर्ने राजनीति चल्ने होला ?

सिद्धान्ततः “राजनीति भनेको देशलाई दिशा निर्देश गर्ने राज्यको मूल नीति हो” । जहाँ निम्न प्रकारका सवालहरुको उठान, विभिन्न प्रकारका समाजिक चुनौतीहरु एवं मुद्दाहरुलाई राजनीतिक एजेण्डाको रुपमा अगाडी बढाई उक्त चुनौतीहरुको समाधानात्मक रणनीतिलाई स्पष्ट ढंगले जनतासामु पेश गर्दै उन्नतीरुपी परिवर्तनात्मक सुधार ल्याउने आश्वासन दिलाई जनताबाट भोटको अपिल गर्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा, मुलुकको अर्थतन्त्रको विकास एवं समृद्धि, सार्वजनिक हितका सवाल एवं विषयहरुको वकालत,
जनताको जीवनस्तर उकास्ने रणनीतिहरु, सार्वजनिक स्रोत साधनको हिनामिना, भष्ट्राचार, कुरिती, कुसंस्कार एवं व्यथितीहरुलाई सुधार गर्ने जस्ता एजेण्डाहरु उठाएर गर्ने राजनीति गर्ने गरिएकाे अभ्यास देख्न सकिन्छ । तर हाम्राे मुलुकमा दूर्भाग्य भनाै या दलिय प्रणाली जाे संसदीय मूल्य र मान्यता बेगर चलिरहेका देखिन्छ । यहाँ जनजीविकाका सवाल हैन, अघिल्लो कार्यकालयमा जनतालाई दिएका आश्वास कति पूरा गरियो भन्ने तर्फ नभई एकले अर्काेलाई हिलो छ्याप्दै सिद्धान्त र लोकतान्त्रिक मूल्य मान्यता विपरितको राजनीति गर्न तम्सीरहेका छन् ।

जनतालाई भोट बैंकको रुपमा हेर्ने र प्रयोग गर्ने दलहरुको सिन्डिकेट राजनीतिमा गलत र सही के हो भन्ने कुरा समेत स्वतन्त्र रुपमा व्यक्त गर्न अंकुश लगाइन्छ । के अहिलेकाे राजनीति परिवेशबाट जनता सन्तुष्ट छन् ? के उनीहरुले उठाएका एजेन्डा मुलुक र मुलकबासीकाे  लागि आवश्यक हो ‍ ? यस्ता अनेकाै सवालहरुकाे जन्म भइरहेकाे छ ।

हो, म कुनै राजनीतिक विश्लेषक नभए पनि यो देशको सचेत नागरिक त हो ।  मेरो विचारको सुनुवाई पनि कतै नहोला तर अहिले राजनीतिक दलका नेताहरुबाट जनताले खोजेको विषयहरु त निम्न उल्लेख गरेका मुद्दाहरु नै होइनन् र ?
राजनीतिक एजेण्डाको रुपमा हुनुपर्ने मूख्य विषयहरु ः
१) आर्थिक विकासमा तीव्रता, थला परेको अर्थतन्त्रलाई व्यवस्थित गर्नु, चरम रुपमा आकाशीएको महंगी नियन्त्रण गर्नु, कर नीतिलाई सुधार एवं व्यवस्थित गर्नु,

२) गुणस्तरीय शिक्षा, स्वास्थ्य एवं सबै प्रकारका सुरक्षाहरुको नागरिकलाई प्रत्याभूती गराउनु,

३) पूर्वाधार विकास एवं विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिनु,

४) रोजगारीको समस्यालाई समाधान गर्नु,

५) मुलुकलाई कानूनी राज्यको रुपमा स्थापना गरी सबै नागरिकहरुमाझ शान्ति, सुरक्षा एवं सुव्यवस्थाको प्रत्याभूती गराउनु,

६) सबल कूटनीति एवं परराष्ट्र सम्बन्धलाई सन्तुलित तवरले कायम राख्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई गौरवपूर्ण बनाउनु,

७) मुलुका समग्र संघ—संगठनहरुको संथागत क्षमतालाई सबल बनाउनु,

८) व्यापार घाटालाई प्रतिस्थापन गर्न ंनिर्यातलाई बढावा दिनुका साथै कृषि, पर्यटन, जलविद्युत, अद्योग एवं सेवा क्षेत्रहरुमा आन्तरिक उत्पादनलाई प्राथमिकीकरण गर्ने नीति ल्याउनु,

९) राजनीतिक एवं प्रशासनीक निकायहरु बीच तालमेल कायम गर्ने नीति ल्याउनु,

१०) सार्वजनिक सेवाको गुणस्तरमा सुधार एवं सार्वजनिक सेवालाई सबै जनतामाझ समान रुपले पहुचयोग्य बनाउने खालको नीति ल्याउनुु,

११) देशको मेशिनरीको रुपमा रहेको कर्मचारीतन्त्रलाई संघीय संरचनामा चाडो भन्दा चाडो व्यवस्थापन गर्नु, १२) स्थानीय तहहरुलाई विकासमा प्रतिस्प्रधि, सेवामा नतिजामुखी र स्थानीय जनताको समग्र हित प्रवद्र्धन गर्नमा प्रतिवद्ध बनाउनु  आदि ।

के दोषारोपणको नीति अवलम्बन गर्ने हो, स्थानीय चुनावको लागि  ? गम्भीर सवालकाे जवाफ जाे कसैले खाेज्न जरुरी छ ।  यी सबै विषयहरु राजनीतिक एजेण्डाका विषयहरु नभई लोकसेवाको जाचँमा परीक्षा पास गर्न सम्म मात्रै सीमित विषयहरु हुन ?

अनुकरण गर्न योग्य राजनीतिक भिजन अथवा एजेण्डाहरुलाई हेर्दा अन्तर्राष्ट्रिय स्तरमा….

Joe Biden’s “Build Back Better World (B3W) Partnership”.
Xi Jinping’s “Win-win relations” for building a community of common destiny”.
Boris Johnson’s vision of post-Covid UK, “Build a better country over the next decade”
Justin Trudeau’s, “Extending the ladder of opportunity for everyone”.
Jacinda Adern’s, ” Leadership with kindness and valuing equality in every form”.
Modi’s ” “sab ka saath, sab ka bikash” “Clean India”, “Padeka India tab toh badega India”,  “neighborhood first Policy”.

र राष्ट्रिय स्तरमा पनि….
BP Koirala’s ” Democratic socialism” saying, Capitalism was unsustainable and Communism was unworkable.
Ganeshman Shing’s & Madhan Bhandari’s” Continued effort for “People’s Multiparty Democracy”.
KP Oli’s “Prosperous Nepal, Happy Nepali”.

जस्ता भिजनहरू साँच्चै स्वागतयोग्य र स्वस्थ राजनीतिक विचारधाराको उपज हुन । यद्यपि यी राजनीतिक नेतृत्वको कार्य र प्रतिबद्धताप्रति जवाफदेहीताको खोजी सधैं भरि रहि नै रहन्छ ।

Leave a Comment