युक्रेनी शहर मारियोपललाई आत्मसमर्पण गर्न रुसकाे अल्टिमेटमसहित चेतावनी

Uncategorized सोमवार चैत्र ७, २०७८

एजेन्सी । युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेको छ । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी शहर मारियोपललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

तर युक्रेनले भने रुसको चेतावनीको बेवास्ता गरेको छ । रुसी रक्षा मन्त्रालयले आत्म समर्पणका लागि गरेको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो । आत्मसमर्पण गरेमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि फसेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान मानवीय सहायता मार्ग खुला गर्ने पनि रुसी रक्षा मन्त्रालयले जनाएको त्यहाँको सरकारी सञ्चार संस्था रियाले जनाएको छ ।

आत्मसमर्पण नगरे थप ‘सैन्य कारबाही’ भोग्नुपर्ने चेतावनी समेत रुसले दिएको छ । तर युक्रेनले भने आत्मसमर्पणको कुरै नआउने बताएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरिस्चुकले सोमबार सबेरै आत्मसमर्पणको कुरै नआउने बताउनुभएको हो । यसअघि मारियोपलको नगरपरिषदले शहरका हजारौँ मानिसलाई उनीहरुको इच्छा विपरित रुसी सैनिकले रुस लगेको शनिबार आरोप लगाएको थियो ।

Leave a Comment