लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु पछि विहानै देखि कर्फ्यु जारी

मुख्य खबर सोमवार चैत्र ७, २०७८

काठमाडौं । लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

मोरङको लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षक ५६ वर्षका शिक्षक मनोज पौडेलले विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपपछि पक्राउ गर्न गएकाे प्रहरी र स्थानीयबीच झडप भएको थियाे । स्थानीयको आक्रमणमा एक महिला प्रहरीको हत्या भएको थियाे।

Leave a Comment