कोरियाले नेपालबाट ४ हजार मौसमी कामदार लैजाने

आर्थिक सोमवार चैत्र ७, २०७८

काठमाडौं । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् ।

कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ ।

न्याय मन्त्रालयले मौसमी कामदार लैजानेबारे नेपालसहित चार देशका प्रतिनिधिसहितको छलफलमा यसबारे परिवर्तन भएको कानुनबारे औपचारिक जानकारी गराएको थियो ।

Leave a Comment