काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङका लागि उडेका । आज बिहान ९ बजेतिर पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल चीन प्रस्थान गरेका हुन्।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन प्रस्थान गर्नु भएको हो ।
उहाँहरुले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली बेइजिङ जानु भएको हो। यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।