आ-आफ्नो पक्षमा मत पार्न दलका नेता-कार्यकर्ता चुनावी दौडधुपमा

मुख्य खबर सोमवार चैत्र ७, २०७८

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आ आफ्नो पक्षमा मत पार्न यतिबेला नेताकार्यकर्ता चुनावी दौडधुपमा लागेका छन् । ठुलादल नेकपा एमाले, नेपाली कांग्रेस, माओबादीकेन्द्रदेखि सानादलका नेताहरू चुनावकेन्द्रित अभियानमा खटेका छन ।

शीर्ष नेताहरू एकै दिन दुई–तीनवटा जिल्ला पुग्नेदेखि चार–पाँचवटासम्म कार्यक्रममा सहभागी हुन थालेका छन । चुनाव आउन ५३ दिन बाँकी हुँदा दलहरू चुनावकेन्द्रित अभियानमा छन । चुनावी मेसोमा नेताहरूबीच आरोप–प्रत्यारोप र घोचपेच पनि तात्दै छ ।

प्रधानमन्त्री देउवाको तुलनामा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको दौडधुप धेरै छ ।

खास गरेर १५ फागुनमा संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएपछि दलका शीर्ष नेताहरू चुनावकेन्द्रित कार्यक्रममा सहभागी हुन थालेका हुन । २ चैतमा संसद्को अधिवेशन सकिएसँगै नेताहरूको चुनावी दौडधुप झनै बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै हुनुहुन्छ । सुन्दरहरैँचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन तथा नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैँचा नगरपालिका– ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्न देउवा मोरङ जानलाग्नुभएको जनाइएको छ । यसअघि शनिबार पनि उहाँ विभिन्न कार्यक्रममा सहभागी हुन दोलखा र काभ्रे पुग्नुभएको थियो ।

 

 

Leave a Comment